पर्खाल निर्माणका लागि  राखेको ग्राभेल देखाउँदै बदनाम गर्न खोजिएको गुनासो - वडा अध्यक्ष खरेल

शाख न्यूज    प्रकाशित: २०७९-३-१ गते   ३४१ पटक हेरिएको

बाँके ०१ असार — राप्ती सोनारीमा खोलाको अवैध उत्खनन रोक्न खोज्दा  राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष लवराज खरेललाई बदनाम गराउने तथा विवादमा ल्याउने प्रयास भएको छ । वडाध्यक्ष खरेलले दुई वर्षअघि व्यक्तिगत प्रयोजनका लागि किनेको खोलाको सामाग्री देखाएर केही व्यक्तिले विवादित बनाउने प्रयास गरेको जानकारी दिएका छन । 

राप्तिसोनारी गाउँपालिका वडा न ०६ का अध्यक्ष लब राज खरेलको घर पछाडी राखिएको ग्राभेल अघिल्लो आर्थिक बर्षमा खरिद गरि ब्यक्तिगत प्रायोजनका लागि राखीएको बताएका छन । केही समय देखि घरायसी प्रायोजनका , पर्खाल बनाउन तथा घर मर्मत सम्भारका लागि खल्ला टपरी घाटको स्वीकृत टेण्डर टीका निर्माण सेवा संग प्रति टिप्पर रु ५ हजारका दरले ३० टिप्पर खरिद गरेको शाखन्युज डटकमलाई बताएका छन । उनले भने मैले बिक्री गर्ने हेतुले नभई आफ्नो घरको पर्खाल निर्माणका लागि ल्याएको थिए , साथै गाउँपालिकामा यस्को तथ्यांक समेत रहेको छ । 

उनी हालै बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा अध्यक्षमा निर्वाचित भएका छन । वडावासिको हकहितका लागि आफू सदैब तत्पर रहेको छु । उनी वडावासिको माझमा लोकप्रिय बन्दै आइरहेका छन । विभिन्न किसिमका बिकासका निर्माणका योजनाहरुको निर्माण गरि कार्यान्वयन प्रक्रिया अगाडि बढाउने समेत जानकारी दिएका छन ।

शिक्षा ,स्वास्थ्य , कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेका छन । राप्ती सोनारी ६ का वडाध्यक्ष खरेलले निर्वाचित भईसकेपछि राम्रो काम गरेको र हामिले सहयोग गर्न थालेको पनि वडावासीले बताएका छन् । 
 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech