कंचनपुर - बेदकोट नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आधारभूत स्वास्थ्य सेवा केन्द्र बगुनमा वहिरंङ्ग (कुपोषण) उपचार केन्द्र (यतअ) को स्थापना कार्यक्रम मंगलबार सम्पन्न भएको छ । बेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहरा र उपप्रमुख तुलसी जोशीले ब्यानर बाचन गरि उक्त स्थापना कार्यक्रम उदघाटन गरेका थिए ।

सो कार्यक्रममा बालबालिकाहरुको स्वास्थ्य चेकजाच पनि गरिएको थियो । उक्त कार्य सराहनीय रहेको र प्रसंशा समेत बक्ताले गरेका थिए । जस्ले गर्दा आगामी दिनमा सहजता प्राप्त हुने जानकारी दिएका छन । उद्घाटन कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख हरिश पाल लगाएत स्वास्थ्यकर्मी , बुद्धिजीवी , समाजसेवी , अन्य स्थानीयवासीहरुको समेत बाक्लो उपस्थिति रहेको थियोे ।


वार्ड नम्बर ४ बगुनको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा कुपोषित बालबालिकाहरुलाइ निशुल्क चेकजाच गरि पोषणयुक्त पौस्टिक आहार दिइने तथा थप स्वास्थ्य सेवा प्रदान गर्न सजिलो हुने र सहयोगि सबैमा आभार प्रकट गर्दै बेदकोट नगरपालिका कार्य वाहक वडा अध्यक्ष उमापती भट्टले कार्यक्रमको समापन गरेका थिए ।
