निर्बिरोध निर्वाचित भएका पदाधिकारीहरुले सपथ र पदभार ग्रहण गरे

शाख न्यूज    प्रकाशित: २०७९-२-३० गते   ४०० पटक हेरिएको

कंचनपुर ३० जेठ - जिल्ला समन्वय समिति कंचनपुरका पदाधिकारीको सपथ तथा पदभार ग्रहण गरिएको छ । निर्विरोध निर्वाचित भएका जिसस कंचनपुरका पदाधिकारीले एक कार्यक्रमका विच सपथ तथा पदभार ग्रहण गरेका छन ।

जिसस कंचनपुर प्रमुखमा निर्वाचित दुर्गादत्त बोहरा, उपप्रमुख राम कुमारी राना, सदस्य रामसिह भण्डारी, जयसिह विष्ट, मोहन ब. महता, विमला कुमारी सार्की, अन्जुदेवी राना, लिला चौधरी र चन्द्रावती थापालाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाण पत्र वितरण गरेको छ ।

साथै मुख्य निर्वाचन अधिकृत मदन बहादुर धामीले प्रमुख दुर्गादत्त बोहरालाई सपथ ग्रहण गराएका थिए । भने प्रमुखले उप प्रमुख सहितका सदस्यलाई पदभार तथा सपथ ग्रहण गरेका छन । जिसस प्रमुख दुर्गादत्त बोहरा सहितलाई समन्वय समितिमा समेत स्वागत गरिएको छ ।

कार्यक्रममा जिसस प्रमुख बोहराले विकास भन्दा पनि राजनीतिक नेतृत्वले विश्वास लिनुपर्नेमा ध्यानाकर्षण गराएका छन ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech