जनताको भावना अनुसार अघि बढ्न नसके चुनावमा सवक सिकाइदिने छन - के.स. परियार

शाख न्यूज    प्रकाशित: २०७९-२-३० गते   ३४२ पटक हेरिएको

नेपालगञ्ज ३० जेठ - नेपाली कांग्रेसकी केन्द्रीय सदस्य शान्ति परियारले जनताको मन जिते मात्र राजनीतिक दलहरुको भविष्य सुनिश्चित हुने बताएकी छिन् । नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य परियारले जनताको भावना अनुसार अघि बढ्न नसके चुनावमा जनताले सवक सिकाइदिने बताइन् ।

उनले जनताको सुखदुःखमा संगसंगै हिंडन नेता कार्यकर्तालाई आग्रह गरिन् । परियारले कांग्रेसबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिहरुलाई पार्टीसंग समन्वय गर्दै अघि बढ्न आग्रह समेत गरिन् । स्थानीय चुनावमा कांग्रेसले बाँकेमा हासिल गरेको सफलताको उच्च प्रशंसा गर्दै उनले अब हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि कांग्रेसलाई यसरी नै जिताउने गरी लाग्न आह्वान गरिन् । उनले एक आपसको मनमुटाव र तिक्ततालाई त्यागेर कांग्रेस बनाउनतर्फ लाग्न आग्रह गरिन् ।

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व सभापति कृष्णमान श्रेष्ठ, पूर्व उपसभापति फूलाराम थारु, पूर्व सचिव कपिलदेव शर्मा, महासमिति सदस्य माया पुन, क्षेत्र नम्बर ३ का क्षेत्रीय सचिव सुनिलसिंह हमाल लगायले बोलेका थिए । उपसभापति कृष्ण बहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech