डुडुवा गाउँपालिकाले दियो पाँच दिन गर्मी विदा

शाख न्यूज    प्रकाशित: २०७९-२-३० गते   २५७ पटक हेरिएको

नेपालगञ्ज ३० जेठ — गर्मी अत्याधिक बढेपछि बाँकेको डुडुवा गाउँपालिकाले पाँच दिन गर्मी विदा दिएको छ । आजदेखि असार ३ गतेसम्म पालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरुबन्द रहने शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।
अत्याधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि बाँकेका पालिकाहरुले गर्मी विदा दिएका हुन् । यसअघि नेपालगञ्ज, कोहलपुर, बैजनाथ र खजुराले पनि विदा दिएका थिए । यी पालिकाहरुमा जेठ २७ गतेदेखि जेठ ३१ गतेसम्म गर्मी विदा दिइएको छ । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech