कंचनपुर ३० जेठ — कंचनपुरको बेदकोट नगरपालिकाले सबै विद्यालयहरुमा गर्मी विदा दिएको छ ।
अत्याधिक गर्मीका कारण मौसम प्रतिकुल भएकाले पठनपाठनमा समस्या भएपछि जेठ २५ गतेदेखि जेठ २७ गतेसम्म (तिन) दिन बिदा दिएको थियो । तर दिन प्रतिदिन मौसममा प्रतिकुल असर परिरहेको हुँदा थप जेठ ३१ गतेदेखि असार ३ गतेसम्म (चार) दिन विद्यालयहरुमा विदा दिइएको प्रमुख प्रशासकिय अधिकृत पदमराज भट्टले जानकारी दिएका छन ।