टोलवासीको उपस्थितिमा बर्माले शनिबार गरे शिलान्यास

शाख न्यूज    प्रकाशित: २०७९-२-२८ गते   २९२ पटक हेरिएको

बाँके २८ जेठ - नेपालगन्ज उपमहानगरपालिका वडा नं.१८ ले २ किलोमिटर कालोपत्रे सडक निर्माण सुरु गरेको छ । शनिबार टोलवासीहरुको उपस्थितिमा अध्यक्ष बर्माले सडकको शिलान्यास गरेका छन ।

दोस्रो कार्यकालका लागि वडाअध्यक्षमा निर्वाचित भएपछि वडा अध्यक्ष दिपक कुमार वर्माले सडक निर्माणलाई तीब्रताका साथ अगाडि बढाएका छन  ।

सोल्टी होटल चौकदेखि नागरिक टोलसम्म, डोल्पाली टोल, लग्दहवा गाउँ हुँदै बाइपास वसपार्क जोड्ने २ किलोमीटर सडक कालोपत्रेका लागि शिलान्यास गरिएको छ ।

त्यस्तै ट्राभलर भिलेजमा ३५ लाखको लगानीमा पीसीसी र ४५ लाखको लागतमा नालासहितको सडक निर्माणको काम पनि जारी रहेको उनले भनेका छन ।

यस वडा अन्तर्गतका अन्य टोलमा पनि सडक निर्माणलाई तीब्रता दिइने उनले बताएका छन ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech