बैजनाथ गाउँपालिकामा पनि ३ दिन गर्मी बिदा

शाख न्यूज    प्रकाशित: २०७९-२-२७ गते   ३४६ पटक हेरिएको

नेपालगञ्ज २७ जेठ - बाँकेको बैजनाथ गाउँपालिकाले पनि सबै विद्यालयहरुमा गर्मी विदा दिएको छ ।

गर्मी अत्याधिक बढिरहेकोले विद्यालयहरुमा शिक्षण सिकाइ क्रीयाकलापमा समस्या भएपछि नगरपालिकाले जेठ ३० गतेदेखि असार १ गतेसम्म (३ दिन )विदा दिएको शिक्षा, युवा तथा खेलकुद शाखाका बिश्वराज ढकालले जानकारी दिएका छन ।

यसअघि नेपालगञ्ज उपमहानगरपालिका कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले पनि ५ दिन को विदा दिइसकेका छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech