अत्याधिक गर्मीका कारण पाँच दिन विद्यालयहरुमा विदा

शाख न्यूज    प्रकाशित: २०७९-२-२६ गते   ३६२ पटक हेरिएको

नेपालगन्ज २६ जेठ -  नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी विदा दिएको छ । अत्याधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि पाँच दिन विद्यालयहरुमा विदा दिइएको हो ।

शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्ख बहादुर थापाले जेठ २७ गतेदेखि जेठ ३१ गतेसम्म विद्यालयहरुमा विदा दिइएको   बताए । 
गर्मी बढे लगत्तै पठनपाठनमा समस्या भएपछि खजुरा गाउँपालिकाले जेठ २७ गतेदेखि जेठ ३० गतेसम्म विदा दिएको छ भने कोहलपर नगरपालिकाले पनि गर्मी बिदा दिएको छ । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech