पशुपति टोल विकास संस्थाको अध्यक्षमा एस.के चयन

शाख न्यूज    प्रकाशित: २०७९-२-२६ गते   ३०३ पटक हेरिएको

कञ्चनपुर -  नेकपा माओवादी केन्द्र कञ्चनपुर भीमदत्त नगरका युवा नेता बलराम एस.के. पशुपति टोल विकास संस्थाको अध्यक्षमा चयन भएका छन । बिहीबार भीमदत्त नगरपालिका ८ तिलाचौर पशुपति टोल विकास संस्थाको भेलाले अध्यक्षमा माओवादी युवा नेता एसकेलाई चयन गरेको हो । एसके नेकपा माओवादी केन्द्र भीमदत्त नगर कमिटि सदस्य एव वाईसियल नगर संयोजक रहेका छन । उनी गाँउको विकास निर्माणका लागि खटिदै आएका छन ।                                                                                                                                          सचिव लोकन्द्र सिह, कोषाध्यक्ष राधिका देउवा सदस्यमा राम बहादुर सिह, धर्मानन्द पाण्डे, लक्ष्मण भट्ट, टेक बहादुर सह, शुशिला सिह, कौसिल्या सिह चयन भएका छन । पशुपति टोल विकास संस्थाको अध्यक्षमा चयन भएका बलराम एस.के. ले टोलको दिगो विकासका लागि आफ्नोबाट पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन । (सभारः जनसरोकारपोष्ट डटकम)

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech