ब्राउन सुगरसहित जमुनाह नाकाबाट चार जना पक्राउ

शाख न्यूज    प्रकाशित: २०७९-२-२६ गते   ३७७ पटक हेरिएको

नेपालगन्ज २६ जेठ — नेपालगन्जको जमुनाह नाकाबाट बिहीवार लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् ।
जानकी गाउँपालिका — २ कठोरपुरका २२ वर्षीय श्रवण सुनार, अछाम तुर्माखाद — ८ धमालीका २२ वर्षीय नवीन विष्ट, भारत बहराइचका २१ वर्षीय बब्बु घोषी र २२ वर्षीय राहुल शाही रहेका छन् । जमुनाह प्रहरीद्धारा सुनार र विष्ट सवार भे ६ प ९७७३ नम्वरको स्कुटीलाई शंका लागेर चेकजाँच गरिएको थियो । लागूऔषध व्यूरोको टोली र जमुनाह प्रहरीको टोलीले आवश्यक चेकजाँच गर्दा शाहीको पाइन्टको बायाँ खल्तीमा ४ सय ५० मिलिग्राम ब्राउन सुगर र नाप तौल गर्ने तराजु समेत फेला परेको जमुनाह प्रहरीका इन्चार्ज माधव रिजालले जानकारी दिएका छन् । सुनार र शाही कारोवारी रहेको खुलेको छ ।
उनीहरुले ब्राउनसुगर विष्ट र घोषीलाई विक्री गर्न ल्याएको भनेर बयान दिएपछि उनीहरुलाई समेत पक्राउ गरिएको इन्चार्ज रिजालले वताएका छन । उनले भने पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech