अर्थमन्त्री जनार्दन शर्माद्धारा पत्रकार बि.क. सम्मानित

शाख न्यूज    प्रकाशित: २०७९-२-२१ गते   ५२९ पटक हेरिएको

वीरगञ्ज २१ जेठ — वीरगञ्जकै पहिलो अनलाइन न्यूज पत्रिका यात्रा डेली (यात्रा डेली डटकम) मा कार्यरत सूर्य नारायण वि.क. (शुभचिन्तक) लाई संघीय अर्थमन्त्री जनार्दन शर्माले सम्मानित गरेका छन् । 
विगत दुई वर्षदेखि यात्रा डेलीको सह-सम्पादकका रुपमा कार्यरत रहेका शुभचिन्तकलाई शनिबार वीरगञ्ज  उद्योग  वाणिज्य संघको ४६ औं साधरणसभाको उदघाटन समारोहमा अर्थमन्त्री शर्माले गम्छा ओढाएर कदरपत्र प्रदान गर्दै सम्मानित गरेका हुन् । 
शुभचिन्तक विगत ८ वर्षदेखि वीरगञ्जलाई आफ्नो कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आइरहेका छन् । यात्राडेली सँगसँगै शुभचिन्तक काठमाडौँबाट प्रकाशित हुने राष्ट्रिय दैनिक पत्रिका, नेपाल टपमा पनि कार्यरत छन् । यसअघि उनि वीरगञ्जबाट प्रसारण हुने रेडियो सान्भी र रेडियो वीरगञ्जमा पनि आबद्ध भएर काम गरिसकेका छन् ।
मन्त्री शर्माले शुभचिन्तकसँगै नेपाल टेलिभिजनका पर्सा संवाददाता विजय कुमार महत्तो, नेपाल पोष्ट डेलि अनलाइन पत्रिकाका सञ्चालक मनोज पटेल, अनलाइन खबरका सुरेश बिडारी, ग्यालेक्सी टेलिभिजनका संवाददाता जियलाल साह, एभिन्युज टेलिभिजनकी संवाददाता मुस्कान श्रेष्ठ र ब्रेकलिंक अनलाइनकी संवाददाता विमला गुप्तालाई सम्मानित गरेका छन् ।
वीरगञ्ज उद्योग  वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ताको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मधेश प्रदेशका मन्त्री ओम प्रकाश शर्मा, संघीय सांसद प्रदीप यादव, प्रदेशसभा सदस्य भीमा यादव, वीरगञ्जका नवनिर्वाचित मेयर राजेशमानन सिंह, जितपुर सिमरा उपमहानगरका मेयर राजन शर्मा पौडेल, संघका पूर्व अध्यक्षहरु गोपाल केडिया, गणेश लाठ, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान लगायत बुद्धिजिवी , समाजसेवि, संचारकर्मी समेतको उपस्थिती रहेको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech