नेपालगन्ज १९ जेष्ठ - नेपालगन्ज उपमहानगरपालिका वडा न. १२ मा बिहीबार "अनुभविको साथ वडाको सार्थक बिकास " जेष्ठ नागरिक क्लब पुनर्गठन गरिएको छ । सो कार्यक्रम वडा कार्यालयको हलमा भएको थियो । निबर्तमान अध्यक्ष डम्बर राज सुबेदिको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो । २०७७ सालमा गठन गरिएको सो क्लबले नेपाल सरकारको तर्फबाट बैधानिकता पाउनुका साथै बिहिवार पुनर्गठन गरि १५ जना कार्यसमिति सदस्य रहेका छन ।
जेष्ठ नागरिक क्लबका अध्यक्ष श्री अजित कुमार शर्मा ,श्री उपाध्यक्ष बुद्धिमाया बज्राचार्य , श्री उपाध्यक्ष लालबहादुर मल्ल , श्री कोषाध्यक्ष नारायण प्रशाद शर्मा , श्री सचिव धर्मदत्त सुवेदी , श्री सह सचिव तारा कुमारी थापा राना मगर , श्री ओम प्रकाश शर्मा , श्री राधा पौडेल , श्री शान्ति कोरि , श्री चन्द्रकला राना , श्री लिलावती थापा राई , श्री हरिभजन चिडिमार , श्री अमरिका रैदास , श्री ब्रीजरानी चिडिमार , श्री श्यामलाल नेपाली सहित १५ जना कार्यसमितिमा सर्बसम्मत चयन भएका छन ।
नेपालगन्ज उपमहानगरपालिका वडा न १२ मा पहिलो क्लब गठन गरिएको समेत अध्यक्ष प्रमुख अतिथि तरुण कुमार बज्राचार्यले जानकारी दिएका छन । उनले यो नेपाल भरी नै लागू हुने भएको छ। जस्ले गर्दा जेष्ठ नागरिकहरुमा अनुभव , सीप , कला, क्षमता समेत रहेको हुँदा युवा पुस्ताका लागि मार्गनिर्देशकको रुपमा रहेकाले युवापुस्ताका कमिकमजोरि लाई सुधार गर्नका साथै हौसला समेत प्रदान गर्ने भएकाले उनीहरुको सम्मानका लागि यो क्लब गठन गरिएको वडा अध्यक्ष बज्राचार्यले बताएका छन ।
कार्यक्रमका अध्यक्ष सुबेदिले सो क्लबमा आबद्ध भएकाहरुले आफ्नो अभिभावकिय भुमिका सदैव तम्तयार भएर निर्वाह गर्न सबैमा आग्रह गर्दै सम्पुर्ण पदाधिकारीहरु लाइ शुभकामना समेत दिएका छन ।