उपमहानगरपालिकालाई धुम्रपान रहित बनाउने अभियानको सुरुवात

शाख न्यूज    प्रकाशित: २०७९-२-१७ गते   २९४ पटक हेरिएको

नेपालगन्ज १७ जेठ - नेपालगन्ज उपमहानगरपालिकालाई धुम्रपान रहित कार्यालय बनाउने प्रतिवद्धता ब्यक्त गरिएको छ । नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्धिन राईले यस्तो प्रतिवद्धता ब्यक्त गरेका हुन् ।

विश्व धुम्रपान रहित दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिका र बागेश्वरी असल शासन क्लब (बास) नेपालगन्जको सहकार्यमा छपाई गरिएका विभिन्न सन्देश मुलक स्टिकर टाँसेर धुम्रपान रहित कार्यालय बनाउने अभियान सुरुवात गरिएको हो । 

त्यस अवसरमा नगर प्रमुख विष्ट र नगर उपप्रमुख राईले उपमहानगरपालिका कार्यालयलाई धुम्रपान रहित बनाउन कडाई गरिने बताएका थिए । सो क्रममा प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, बासका पदाधिकारी, उपमहानगरपालिकाका कर्मचारी लगायत उपस्थित भएका थिए । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech