शुक्रबार प्रेस युनियनद्वारा पात्रो विमोचन कार्यक्रम सम्पन्न

शाख न्यूज    प्रकाशित: २०७९-२-१३ गते   २५३ पटक हेरिएको

नेपालगन्ज १३ जेठ - नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसरमा युनियन बाँके शाखाले विविध कार्यक्रम गरेको थियोे । प्रेस युनियन बाँकेले शुक्रबार बिहान रक्तदान र दिउँसो शुभकामना आदान प्रदान तथा पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको हो ।        कार्यक्रममा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, जिल्ला सभापति नारायणप्रसाद गौडेल, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जयसिंह केसी, नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगी, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट प्रसाद धिताल लगातयले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीका अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राठौर, विशिष्ट अतिथि बाल्मिकी, कांग्रेस जिल्ला सभापति गौडेल, लुम्बिनी प्रदेश कमिटी सदस्य प्रेम केसी लगायत अतिथिहरुले संयुक्तरुपमा २०७९ को भित्तेपात्रो विमोचन गरेका थिए ।    

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech