खजुरा गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित

शाख न्यूज    प्रकाशित: २०७९-२-६ गते   २६७ पटक हेरिएको

खजुरा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष डम्बर बिक तुफान र उपाध्यक्ष मञ्जु मल्ल

बाँके ०६ जेठ - बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का डम्बर बिक अध्यक्षमा निर्वाचित भएका हुन् । उनी १ हजार ६ सय ५३ मतको अन्तरले निर्वाचित भए । 
बिकले १० हजार ७ सय ९० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका सुमन मल्लले ९ हजार १ सय ३७ मत प्राप्त गरेका छन् । 
यसैगरी गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसकी मञ्जु मल्ल उपाध्यक्ष पदमा निर्वाचित भईन् । उनी १ हजार ९ सय ४३ मतको अन्तरले निर्वाचित भएकी हुन् । मञ्जुले १० हजार ३४ मत प्राप्त गरिन । उनकी निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी ताजरुन निशाले ८ हजार ९१ मत प्राप्त गरेको खजुरा गाउँपालिकाका निर्वाचन अधिकृत लोकबहादुर सुनारले जानकारी दिए । 
उक्त गाउँपालिकामा यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले जितेको थियो । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech