नेपालगन्जको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार निर्वाचित

मेयर पदमा प्रशान्त बिष्ट र उपमेयर पदमा कमरुद्दिन राई विजयी

शाख न्यूज    प्रकाशित: २०७९-२-६ गते   ३८१ पटक हेरिएको

नेपालगन्ज ०६ जेठ - बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) नेपालका कमरुद्दिन राई विजयी भएका छन् । 

विष्ट २३४६० मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका पशुपतिदयाल मिश्रले ११६७५ मत ल्याए । विष्टले ११७८५ मतान्तरले जितेका छन् । राप्रका नन्दलाल वैश्यले ७५९८ पाए । 

यस्तै उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) नेपालका कमरुद्दिन राई १७९५० मतका साथ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी शान्तिदेवी ढकालले १०९१५ मत पाइन् । राई ७०३५ मतान्तरले विजयी भएका हुन् । राप्रपाकी बिन्दु चर्ती मगरले १०१३५ मत पाइन् । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech