नेपालगन्ज ०५ जेठ - नेपालगन्ज १२ को वडा अध्यक्षमा नेपाली कांग्रेसका तरुण कुमार बज्राचार्य भारी मतको अन्तरले निर्वाचित भएका छन् । २७७० मत खसेकोमा बज्राचार्यले ८१७ मत पाएका छन् ।
उनका निकटतम् प्रतिद्वन्दी जसपाका बुद्धिसागर सुवेदीले ४७१ मत पाए । कांग्रेसबाट टिकट नपाएपछि जसपा प्रवेश गरेर वडा अध्यक्ष लडेका निवर्तमान वडा अध्यक्ष सुवेदीले ३४६ मतान्तरमा हार ब्यहोरेका हुन् ।