कृष्णपुर ९ मा नेपाली काँग्रेसका उम्मेदवार बलायर विजयी

शाख न्यूज    प्रकाशित: २०७९-२-४ गते   ४२९ पटक हेरिएको

कंचनपुर ०४ जेठ — कंचनपुरको कृष्णपुर नगरपालिका ९ मा एमालेको गढ भत्काउँदै नेपाली काँग्रेसका उम्मेदवार कैलास बहादुर बलायर भारी मतका साथ निर्वाचित भएका छन । बलायरले आफ्ना निकतम प्रतिद्वन्दी एमालेका गणेश बहादुर ऐरलाई ३७९ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन ।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको मत परिमाण अनुसार काँग्रेसका बलायरले १ हजार २२१ र एमालेका ऐरले ८४२मत ल्याएका थिए । यस अघि ०७४मा एमालेकै उम्मेदवार छत्र महरासंग पराजित भएका काँग्रेसका बलायरले यस पटक फराकिलो मतका साथ विजयी भएका छन ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech