डुडुवा गाउँपालिकामा नेपाली कांग्रेस विजयी 

अध्यक्षमा नरेन्द्रकुमार चौधरी र उपाध्यक्षमा साहिदा बानो निर्वाचित

शाख न्यूज    प्रकाशित: २०७९-२-४ गते   ४३२ पटक हेरिएको

नेपालगन्ज ०४ जेठ — बाँकेको डुडुवा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा नरेन्द्रकुमार चौधरी र उपाध्यक्षमा साहिदा बानो निर्वाचित भएका छन् । उक्त गाँउपालिकामा दोहोरिएका छन् । चौधरी ६ हजार २ सय ७२ मत ल्याएका थिए भने बानोले ५ हजार ८ सय ८४ मत ल्याइर निर्वाचित भएका छन ।

चौधरीका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका भण्डारीलाल यादवले ५ हजार १ सय २५ मत र बाँनो का निकटतम प्रतिद्वन्द्वी तरुणनुम बानोले ४ हजार ७ सय ५४ मत प्राप्त गरेका थिए । 


सो गाँउपालिकाका वडाहरुमा वडा नं. १ मा नेपाली काँग्रेसका पटेस्वर कुर्मी, वडा नं. २ मा जनता समाजवादी पार्टीका दुर्गा प्रसाद वर्मा,  वडा नं. ३ मा जनता समाजवादी पार्टीका आमोद तिवारी,  वडा नं. ४ मा जनता समाजवादी पार्टीका सगिर खाँ,  वडा नं. ५ मा नेकपा एमालेका झंक बहादुर थापा मगर, वडा नं. ६ मा नेकपा एमालेका  मोहन राम मिश्र लगायत वडा अध्यक्षमा विजयी भएका छन ।  

 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech