बेदकोट ६ मा नेकपा माओवादी विजयी

शाख न्यूज    प्रकाशित: २०७९-२-३ गते   २२४ पटक हेरिएको

कंचनपुर - कंचनपुरको बेदकोट नगरपालिका ६ मा नेपाली काँग्रेसको किल्ला भत्काउँदै नेकपा माओवादी केन्द्र निर्वाचित भएको छ ।

निर्वाचन आयोगको कार्यालय बेदकोटका अनुसार मगलबार साँझ सम्पन्न मत गणना अनुरुप बेदकोट ६मा माओवादीका तुलसी राना निर्वाचित भएका छन ।

माओवादीका उम्मेदवार रानाले काँग्रेसका उम्मेदवार धनसिह पुजारालाई हराउँदै अध्यक्षमा निर्वाचित भएका छन ।

नेकपा माओवादी केन्द्र बेदकोट नगरका उपाध्यक्ष भीम भट्टले कम्यूनिष्टले उक्त वडामा ईतिहास रचेको बताए । निर्वाचित रानालाई नेकपा माओवादी केन्द्रीय सदस्य ओम विक्रम भाट(सरल), उप प्रमुखका उम्मेदवार सीमा जैसी सहितका नेता कार्यकर्ताले बधाई ज्ञापन गरेका छन ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech