नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार सिंह नेपालगन्ज ६ मा विजयी

शाख न्यूज    प्रकाशित: २०७९-२-३ गते   २६९ पटक हेरिएको

नेपालगन्ज ०३ जेठ - नेपालगन्ज उपमहानगरपालिका वडा नं ६ मा नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार समीरप्रताप सिंह निर्वाचित भएका छन् ।

प्राप्त मतगणना परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार सिंह ४ सय ५१ मतले बिजयी भएका छन् भने उनको निकटतम प्रतिद्वन्दी राप्रपाका रबिन्द्र थापा ४ सय २ मत ल्याएका छन् ।

सिंह यसअघि पनि वडाअध्यक्षमा निर्वाचित भएका थिए । उनको यो दोस्रो कार्यकाल हो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech