राप्तीसोनारी गाउँपालिका अध्यक्ष उपाध्यक्ष पदमा कांग्रेसका उम्मेदवार निर्वाचित

अध्यक्षमा तप्त पौडेल र उपाध्यक्षमा मनिषा थारु

शाख न्यूज    प्रकाशित: २०७९-२-३ गते   २४७ पटक हेरिएको

नेपालगन्ज ०३ जेठ - बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तप्त पौडेल ८२० मतान्तरले निर्वाचित भएका छन् । पौडेलसँगै उपाध्यक्षमा कांग्रेसकै मनिषा सिंह थारु पनि निर्वाचित भएकी छिन् । नवनिर्वाचित अध्यक्ष पौडेलले उनका निकटम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका पट्टु थारुलाई पराजित गर्दै गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन्  ।

गाउँपालिकाको अध्यक्षका लागि कुल खसेको मत ३२९६६ मा पौडेलले १०११२ मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकटम् प्रतिद्वन्दी माओवादीका थारुले ९२९२ मत प्राप्त गरे भने नेकपा एमालेका रामदास थारुले ९१४० मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा थारु नेकपा एमालेकी चमेली वागवललाई ७८६ मतान्तरले पराजित गर्दै निर्वाचित भएकी हुन् । नवनिर्वाचित थारुले १०१३४ मत र उनकी निकटम् प्रतिद्वन्दी वागवलले ९३४१ मत प्राप्त गरिन् । त्यस्तै नेकपा माओवादीकी मन्जु रोकायले ८७९३ मत ल्याएकी हुन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech