खजुरा गाउँपालिका वडा नंं ४ मा टेकबहादुर विजयी

शाख न्यूज    प्रकाशित: २०७९-२-२ गते   २४७ पटक हेरिएको

बाँके ०२ जेठ - बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ मा गठबन्धनका उम्मेदवार माओबादिका नेता टेक बहादुर रोका क्षेत्री  अध्यक्षपदमा निर्वाचित भएका छन ।

एमालेको तर्फबाट उम्मेदवार बनेका तिलकविर सुनारसंग १ सय ३ मतको मतान्तरले रोका क्षेत्री  विजयी भएका हुन । रोका २०७४ सालमा एमालेका उम्मेदवार तिलकविर सुनार संग करिव ३ सय मतले हारेका थिए । 

टेकबहादुरले १ हजार २ सय २४ मत ल्याएर विजयी भएका छन भने निकटतम प्रतिद्वन्द्वी तिलकविर सुनारले १ हजार १ सय २१ मत प्राप्त गरेका थिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech