नेपालगन्ज ०२ जेठ - राप्तिसोनारी गाउँपालिका वडा नं. ८ मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएका छन । उक्त वडामा एमालेका तर्फबाट वडा अध्यक्षमा शालिकराम डाँगी सहित सदस्य विजयी भएका हुन । डाँगीले १३७१ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांंग्रेसका नरेन्द्र ओलीले १०८६ मत पाएका थिए । उक्त वडामा २०७४ सालमा नेपाली कांग्रेसका खुमबहादुर बस्नेत निर्वाचित भएका थिए ।