खजुरा वडा नंं. २ मा गठबन्धनका उम्मेदवार ओली निर्वाचित

शाख न्यूज    प्रकाशित: २०७९-२-१ गते   २५३ पटक हेरिएको

नेपालगन्ज ०१ जेठ - खजुरा गाउँपालिका वडा नम्बर २ मा गठबन्धनका उम्मेदवार धनिराम ओली वडा अध्यक्षमा निर्वाचित भएका छन् । ओलीले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदार समर बहादुर खत्रीलाई ३७८ मत अन्तरले पछाडि पार्दै बिजयी भएका हुन् । वडामा गठवन्धन कै उम्मेदवार मैसरी पुन महिला सदस्यमा निर्वाचित भएका हुन् । एमालेका ३ जना सदस्य पदका उम्मेदवार बिजयी भएका छन्। दलित महिला सदस्य सिता बिक, खुल्ला सदस्य मिना सुनार र अर्का खुल्ला सदस्य लक्ष्य बिक समेत विजयी भएका हुन । धनिराम ओलीले २४२९ मत ल्याएका छन् भने उनका प्रतिस्प्रधी समर बहादुर खत्रीले २०५१ मत ल्याएका थिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech