नेपालगन्ज वडा न २ मा वडा अध्यक्षका उम्मेदवार श्रेष्ठ बिजय

शाख न्यूज    प्रकाशित: २०७९-२-१ गते   ४६९ पटक हेरिएको

नेपालगन्ज १ जेठ – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ मा राप्रपाका उम्मेदवार निर्वाचित भएका छन् । राप्रपाका मनोज श्रेष्ठ ५ सय ५० मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका प्रदिप श्रेष्ठले ५ सय ३४ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टी(जसपा)का उम्मेदवारले २ सय ९३ मत प्राप्त गरेका छन् । उक्त वडामा २०७४ को निर्वाचनमा नेपाली काँग्रेसले जितेको थियो । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech