नेकपा एसद्वारा बैजनाथमा पुनः गणनाको माग

शाख न्यूज    प्रकाशित: २०७९-२-१ गते   २२७ पटक हेरिएको

कोहलपुर ०१ जेठ - मतगणनाको क्रममा धाँधलि गरीएको र मतपेटिका परिवर्तन गरीएको भन्दै नेकपा (एकिकृत समाजवादी) ले पुन: मत गणनाको माग गरेको छ । बाँकेको बैजनाथ गाँउपालिकाको वडा नं. १ को मत गणनाका क्रममा धाँधली भएको भन्दै नेकपा एसले पुन: मत गणनाको माग गरेको हो । आईतबार नेकपा एसको तर्फबाट बैजनाथ वडा नं. १ का वडाध्यक्षका उम्मेदवार बिर्ख बहादुर रोकायाले निर्वाचन आयोगलाई पुन मत गणनाको निवेदन दिएका हुन । निवेदनमा रोकायाले वैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचन अन्तर्गत बैजनाथ गाँउपालिका वडा नं. १ को मत गणना भईरहँदा गणनामा खटिएका कर्मचारीहरुद्धारा सदर मतलाई बदर र बदर मतलाई सदर भन्दै एकलौटी ढंगले गणना गरेको आरोप लागाएका छन । त्यसैगरी जेठ १ गते बिहान ५ बजेको समयमा मतगणना स्थलको बत्ति बन्द गरी तारजालीभित्र मनोमानी ढंगले गतिविधि गरेकाले पुन: मतगणनाको माग गरीएको रोकायाद्धारा हस्ताक्षर गरीएको निवेदनमा उल्लेख गरीएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech