राप्तिसोनारी गाउँपालिका ३ मा अध्यक्ष सहित एमालेको प्यानल बिजय

शाख न्यूज    प्रकाशित: २०७९-२-१ गते   २३१ पटक हेरिएको

बाँके १ जेठ - राप्तीसोनारी गाउँपालिका वडा नं. ३ को वडा अध्यक्ष सहित एमालेको प्यानल विजयी भएको छ । एमालेका अध्यक्षका उम्मेदवार मिनकुमार थारुले एक हजार तीन सय ४३ मत ल्याएर विजयी भए । यसैगरि, महिला सदस्यमा सुमित्राकुमारी थारु दलित महिला सदस्यमा रिता दमाई, खुल्ला सदस्यतर्फ पुन्वा थारु र मंगलबहादुर ओली विजयी भएका छन् । अघिल्लो निर्वाचनमा उक्त वडामा नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको थियो । यो संगै राप्तीसोनारी गाउँपालिकामा नेकपा एमालेले खाता खोलेको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech