डुडुवामा अध्यक्ष पदका उम्मेदवार चौधरी १ सय १२ मतले अगाडि

शाख न्यूज    प्रकाशित: २०७९-२-१ गते   २१३ पटक हेरिएको

नेपालगन्ज ०१ जेठ -  बाँकेको डुडुवा गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार नरेन्द्र कुमार चौधरी १ सय १२ मत अन्तरले अगाडि रहेका छन् ।
वडा नम्बर १ मा गणना गरिएको २ हजार ६ सय ९५ मतमध्ये चौधरीलाई ९ सय ६२ मत प्राप्त भएको छन् ।
त्यस्तै एमालेबाट अध्यक्ष पदको उम्मेदवार सरोजकुमारी यादवले ८ सय ५० मत पाउँदा जसपाले ३ सय ४७ र माओवादी केन्द्रले ५८ मत पाएको छ ।
उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी साहिदा बानो खाँले अग्रता लिएकी छिन् ।उनले ८ सय ४२ मत प्राप्त गर्दा एमालेबाट उपाध्यक्ष पदको उम्मेदवार सकिल खाँले ७ सय १ मत प्राप्त गरेका छन् ।
त्यस्तै जसपाले ३ सय ९०, माओवादीले ७५ मत पाएको छ ।
सो वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष ८ सय ९२ मतका साथ अग्रपंक्तिमा रहेका छ ।
अहिले पनि डुडुवामा मत गणना जारी रहेको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech