नेपालगन्ज ३० बैशाख - नेपालगन्ज उपमहानगरपालिकामा कांग्रेसबाट नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले मतदान गरेका छन् । नेपालगन्जस्थित मंगल प्रसाद माध्यमिक बिद्यालयको "क" केन्द्रबाट आज बिहान ७:३१ बजे बिष्टले मतदान गरेका हुन् । आज देशभर स्थानीय तहको निर्वाचन भइरहेको छ । विहान ७ बजेदेखि मतदान सुरु भएको हो । बेलुका ५ बजेसम्म मतदान चल्नेछ ।