राप्रपा नेपाल बाँकेद्धारा उपमेयरमा महिला नेतृ गुप्ता लगायत हमालको नाम घोषणा

नेपालगन्ज उपमहानगरपालिकाको उपमेयरमा महिला नेतृ रमारानी बैश्य (गुप्ता) कोहलपुर नगरपालिकाको उपमेयरमा महिला नेतृ लक्ष्मी कुमारी हमाल

शाख न्यूज    प्रकाशित: २०७९-१-९ गते   ६३८ पटक हेरिएको

नेपालगन्ज ०९ बैशाख – राप्रपा नेपाल जिल्ला कार्यसमितिको आयोजनामा नेपालगन्जको सि.एस.टि. होटलमा शुक्रबार पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको हो । साथै जनता समाजवादी पार्टीका महिला नेतृ रमारानी बैश्य (गुप्ता) र ब्रिजेश यादवको नेतृत्वमा पुरुष महिला गरि ७० जना भन्दा बढि बिभिन्न पदमा रहेका कार्यकर्ताहरुले जनता समाजवादी पार्टी परित्याग गरि राप्रपा नेपालमा प्रवेश गरेका छन ।
 राप्रपा नेपाल बाँकेका अध्यक्ष दिपेन्द्र बहादुर सिंहको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि राप्रपा नेपालका केन्द्रिय सहमहामन्त्री हिक्मत ढकाल , अतिथिमा केन्द्रिय सदस्यहरु मो. खालिद  इकबाल इराकी, लक्ष्मी कुमारी हमाल, श्रीधर सुबेदी, पूर्व मेयर तथा बरिष्ठ नेता रमेश अर्याल, राप्रपा नेपाल नेपालगन्ज उपमहानगरपालिका नगर अध्यक्ष अभय कुमार बस्नेत रहेका थिए । उक्त कार्यक्रममा बुद्धिजिवी, समाजसेवी, उद्योगी, व्यापारी, राप्रपा नेपाल निकटका भातृ संगठनका नेताहरु लगायत युवाहरुको समेत उपस्थिति रहेको थियो ।

 
सो कार्यक्रमका प्रमुख अतिथि राप्रपा नेपालका केन्द्रिय सहमहामन्त्री ढकाल लगायतका अतिथिले सम्मानका साथ पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै बैशाख ३० गते हुन गईरहेको निर्वाचनमा सम्पूर्ण नेता कार्यकर्ताहरुलाई संयमित, अनुशासित र धैर्यतापूर्वक प्रचार प्रसारमा लाग्नु पर्ने बताएका छन । साथै उनले भने आम नेपाली जनताको रोजाई राप्रपा नेपाल रहेको छ । 


कार्यक्रमका सभापती एवम् बाँकेका अध्यक्ष सिंहले कार्यक्रममा स्वागत मन्तव्य राख्दै बरिष्ठ महिला नेतृ रमारानी बैश्य (गुप्ता) लाई नेपालगन्ज उपमहानगरपालिकाको उपमेयरमा र अर्की महिला नेतृ लक्ष्मी कुमारी हमाललाई कोहलपुर नगरपालिकाको उपमेयरमा उमेदवारी रहेको समेत  जानकारी गराउदैं कार्यक्रमको समापन गरिएको थियो, भने राप्रपा नेपाल कोहलपुर नगरपालिकाका नगर अध्यक्ष प्रमात कुमार श्रेष्ठले कार्यक्रमको संचालन गरेका थिए । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech