राप्रपा नेपाल कोहलपुरद्धारा उम्मेदवार सिफारिस

शाख न्यूज    प्रकाशित: २०७९-१-६ गते   ३५० पटक हेरिएको

कोहलपुर ०६ बैशाख – आसन्न स्थानिय निर्वाचनलाई लक्षित गरेर राप्रपा नेपाल कोहलपुर कोहलपुर नगर कार्य समितीले सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ ।
वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी सहकार्य गरि निर्वाचनमा जाने सहमति अनुसार कोहलपुरमा राप्रपा नेपाल ले उपमेयर , दुई वडा अध्यक्ष लगायत पन्ध्र वडामा वडा सदस्य पदका लागि उम्मेदवार सिफारिस गरेको छ ।
राप्रपा नेपालले उप मेयरमा लक्ष्मी कुमारी हमाल ,वडा नं २ को वडाध्यक्षमा सुरज लाल थारुलाई वडा अध्यक्ष र कृष्णमाया दमाई लाई दलित महिला सदस्यमा सिफारिस भएका छन् यस्तै वडा नं १४ मा विकास थापालाई वडा अध्यक्ष र गिता बि क लाई दलित महिला सदस्य , कोहलपुर वडा १ मा सुमन केसि लाई वडा सदस्य, वडा(३ मा आकाश हमाल, वडा नं। ५ मा रजितराम थारु र दिलराम बुढा क्षेत्री , वडा नं ६ मा मिना कुमारी शाही महिला सदस्य ,वडा नं  ८ मा राजु बोहरा, वडा नं १० मा प्रदीप आचार्य , वडा नं ११ मा आशाराम थारु र १२ मा दुर्गा श्रेष्ठ लाई महिला सदस्यमा सिफारिस गरेको राप्रपा नगर अध्यक्ष प्रमात कुमार श्रेष्ठ ले जानकारी दिएका छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech