नरैनापुर गाउँपालिकाद्वारा राहत वितरण

शाख न्यूज    प्रकाशित: २०७८-१२-२२ गते   २६६ पटक हेरिएको

नेपालगञ्ज २२ चैत - बाँकेको नरैनापुर गाउँपालिकामा भएको आगलागीका पीडितहरुलाई राहत सामग्री दिइएको छ ।आगलागी पीडित १६ घरपरिवारलाई नरैनापुर गाउँपालिकाले राहत वितरण गरेको हो । हिजो भएको आगलागीबाट वडा नम्बर ४ कृष्णनगर गाउँका १६ घरगोठ जलेर नष्ट भएका थिए । पीडितलाई प्रतिपरिवार २५ केजी चामल, ५ केजी आलु, २ केजी दाल, २ केजी प्याज, २ केजी नुन, १ थान त्रिपाल, २ थान डेक्ची, २ थान झुल, १ थान बाल्टी, १ पेटी चाउचाउ, १ थान जग, २ केजी चिउरा, १ प्याकेट दालमोट, १–१ थान डाडु पन्यु र ३ थान थाल उपलब्ध गराइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले बताए । आगलागीबाट करिब २० लाखको क्षति भएको अनुमान गरिएको छ । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech