सोमबारदेखि डिएसपी मल्ल इप्रका कोहलपुरमा हाजिर

शाख न्यूज    प्रकाशित: २०७८-१२-२२ गते   ५९९ पटक हेरिएको

नेपालगन्ज २२ चैत्र - डिएसपी ऐनबहादुर मल्ल ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको प्रमुख भएर आइपुगेकाछन् । प्रधानमन्त्री एवम नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ‘दरबार’बाट  डिएसपी मल्ल सिधै इप्रका कोहलपुरको प्रमुख भएर आउन सफल भएका हुन् । केही महिनाअघि  जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको प्रमुख भएर आएका थिए ।  ‘डिएसपी मल्ल इन्स्पेक्टर हुँदा वडा प्रहरी कार्यालय नेपालगन्जको इन्चार्ज समेत भइसकेकाछन् । उनी इप्रका कोहलपुरमा हिजो सोमबार हाजिर भएकाछन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech