कैलाली २० चैत - कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका स्थायि घर भएका ३० बर्षिय गंगा प्रसाद न्यौपाने २०७७ सालमा दैलेखको भिरबाट खसेर खुट्टा भाचिँएर हड्डीको ईन्फेक्सन भएपछि विगत २४ महिना देखि काठमाडौको ट्रमा सेन्टर अस्पतालमा रहेका छन । चिकित्सकको सल्लाह अनुसार उनको घुँडा भन्दा अलि तल खुट्टा काट्ने भयको छ । घरको कमजोर आर्थिक अवस्था र दाजुको ब्लड क्यान्सरका कारणले मृत्यु भयको , वृद्ध बुवाआमा नाबालक छोरा अनि श्रीमतीको लालनपालनमा अनि उपचारमा धेरैनै समस्या भएको कारणले सहयोग गर्न चाहनुहुने महानुभावले (9864872427)नम्बरमा (Ganga prasad neupane) IME गरिदिनुहुन अनुरोध गर्दछौँ । आदरणीय दाजुभाइ , दिदी बहिनी र समकक्षी साथी हरुले सहयोग गरिदिनुहोला मैले भगवान मन्दिर मा होइन हजुर हरुमा देखेको छु त्यसैले 1510193413900010 AMRITA BASNET prabhu bank branch भगवतीमाइ दैलेख यो मेरो ज्वाँइको खाता हो , यसमा भए पनि सहयोग गरिदिन हार्दिक अपिल न्यौपानेले गरेका छन । शिक्षक जस्तो पबित्र पेशा अंगालेर लाखौ बिधार्थिको जिबनमा ज्ञान को उज्यालो ज्योती छर्ने उद्देश्य बोकेर हिडेको मान्छे म कस्को के बिगरेंहोला र जस्को कारणले यो सजाय भोग्नुपर्यो उनले बताए। दैलेखको भिर बाट लडेर खुट्टा भाचिएको थियो । ट्रमा सेन्टर अस्पताल काठमाडौंमा उपचार गराउदै आइरहेका न्यौपानेको घरको आर्थिक अवस्था निकै नाजुक भएको हुँदा औषधि उपचारका लागि कठिनाई भईरहेको हुनाले अहिले उनको परिवारले देश र विदेशमा रहुनु भएका सम्पूर्ण सहयोगी मन हरुलाई गुहार गर्दै सहयोगको अनुरोध गरिरहेका छन । न्यून आर्थिक अबस्थाका कारण टाढा उपचार गर्ने क्षमता नभएको कारण प्रथम उपचार गाउमै गरियो तर त्यो उपचार असफल भएकाले स्थिती झन झन बिग्रेकाले गाँउवासिहरुले सहयोग संकलन गरिएको थियो ।
दु:ख महसुस गरि अलि कति समय मिलायर मेरो अबस्था बुझ्न आइदिनुहुनेछ भन्ने ठूलो आशा राखेको छु मन्त्री ज्यु मलाइ निको भयर हजुरको चुनाबी अभियान मा सहयोग गर्ने मन छ सहयोग गरिदिनुहुनेछ भन्ने ठूलो आशा राखेको छु न्यौपानेले आग्रह गरेका छन । समय र भाग्यले दियेको यो चोट ले जिउदै मार्यो मलाइ हजारौ सपना र चाहाना अधुरै रह्यो २ पटक कोरियन भाषा पास भएर जान नपाएको मान्छेआज मलाई माग्ने अवस्थामा पुर्याएको छ , मलाइ पनि कृतिम खुट्टा लगाइ हजुर हरु जस्तै हिड्ने रहर छ र आफ्नो जिम्मेवारी पूरा गर्ने मन छ हजुर हरुले लगायका गुन हरु म कहिले बिर्सने छैन त्यसैले अब एक पटक मलाइ कृतिम खुट्टा किन्न को लागि आर्थिक सहयोग गरिदिन अनुरोध न्यौपानेले गरेका छन ।