नेपालगन्ज २० चैत – राप्रपा नेपाल बाँकेको आयोजनामा आईतबार महेन्द्र पुस्तकालय नेपालगन्जको सभाहलमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरिएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि राप्रपा नेपालका केन्द्रिय उपाध्यक्ष्य राजेन्द्र बिर राय , बिशिष्ट अतिथि राप्रपा नेपालका केन्द्रिय महामन्त्री हिक्मत ढकाल थिए ।
कार्यक्रम संचालन राप्रपा नेपाल बाँके जिल्लाका अध्यक्ष्य दिपेन्द्र बहादुर सिंहले गरेका थिए । राप्रपा नेपाल पार्टिका अध्यक्ष कमल थापा चैत २४ गते नेपालगन्जमा आउने तयारी रहेको राप्रपा नेपालका केन्द्रिय महामन्त्री ढकालले जानकारी दिए ।

नजिकिदै गरेको स्थानिय तहको निर्बाचनमा पनि सम्पूर्ण अगुवा कार्यकर्ताहरुलाई एकजृट भएर तयारि गर्न राप्रपा नेपालका केन्द्रिय उपाध्यक्ष्य राजेन्द्र बिर रायले आग्रह गरेका थिए । .png)
जसले गर्दा निर्वाचनमा सफल हुने समेत उपाध्यक्ष्य रायले बताएका छन । सो कार्यक्रममा राप्रपा नेपाल बाँके जिल्लाका महिला उपाध्यक्ष आशा बिष्ट , त्यसैगरि राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालकी अध्यक्ष्य अनिता भण्डारी , राप्रपा नेपाल नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष्य अभय कुमार बस्नेत लगायत अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 