कमिट नेपाल बाँकेको आयोजना र समता फाउन्डेसनको सहकार्यमा अन्तरक्रिया 

शाख न्यूज    प्रकाशित: २०७८-१२-१७ गते   २८२ पटक हेरिएको

नेपालगन्ज १७ चैत – सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपाल बाँकेको आयोजना र समता फाउन्डेसनको सहकार्यमा मतदाता शिक्षा र आसन्न निर्वाचनमा बादि तथा दलित समुदायको प्रतिनिधित्व कसरि सुनिश्चत गर्ने भन्ने बिषयक अन्तरक्रिया कार्यक्रम बिहिबार नेपालगन्जको होटल मारुतिनन्दनको हलमा सम्पन्न भएको हो । सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपाल बाँकेका अध्यक्ष्य प्रकाश नेपालीको सभाध्यक्ष्यतामा सो कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रिवास्तव रहनु भएको थियो । उक्त कार्यक्रमका अतिथि ने.क.पा.एमाले बाँकेका जिल्ला सदस्य राजेन्द्र कंडेल , नेपाली कांग्रेस बाँकेका जिल्ला सभापति नारायण प्रशाद गौडेल , जनता समाजबादी पाटि बाँकेका अध्यक्ष्य कमरुद्धिन राई , राप्रपा नेपाल बाँकेका अध्यक्ष्य दिपेन्द्र सिंह , नेकपा एकिकृत समाजबादी बाँकेका सचिवालय सदस्य लक्ष्मण प्रशाद गौतम लगायतका बुद्धिजिवि , समाजसेबी तथा बिभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । सो कार्यक्रममा लुम्बिनी प्रदेशमा कोभिड ( १९ को समयमा दलित महिला र बालिकामाथि भएका हिंसाको अवस्था अध्ययन प्रतिबेदन – २०७७ र कोेरोना महामारिका कारण बाँके र बर्दियाका बादी लगायत दलित महिलाले भोग्नु परेका चुनौती अध्ययन प्रतिबेदन ( २०७७ समेत बिमोचन गरिएको थियो । 
बादी , दलित र सिमान्तकृत समुदायकालागि आफुले पार्टिमा राख्ने तर यस क्षेत्रका मानिसहरु आफु पनि अगाडि आउनु पर्ने समेत नेकपा एकिकृत समाजबादी बाँकेका सचिवालय सदस्य गौतमले भनेका थिए ।  
नेपालमा लामो समय देखि बसोबास गर्दै आएका बादी , दलित र सिमान्तकृत समुदाय केन्द्रित बिभिन्न क्रियाकलाप गर्दै आईरहेको छ । मुलत ः आर्थिक , शैक्षिक , सामाजिक तथा साँस्कृतिकरुपले पछाडि पारिएका दलित र बादी ससमुदायका अधिकारका सवालमा चौतर्फी आवाज उठाउदै आएको सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपाल बाँकेका अध्यक्ष्य प्रकाश नेपालीले बताए । उहाँका अनुसार यो सस्था बि.स. २०६५ सालमा बाँकेमा स्थापित भएको हो । बाँके र बर्दियाका बादी लगायत दलित महिलाले सामाजिक रुपमा छुवाछुत – भेदभावका साथै सामाजिक अपहेलना खेप्न बाध्य छन् यस किसिमको मानवता बिरुद्धकै अपराधको रुपमा रहेको हुँदा यसलाई अन्त्य गर्नका लागि पहल गरिदिन आग्रह गर्दै (कमिट) नेपाल बाँकेका अध्यक्ष्य प्रकाश नेपालीले समापन गरेका थिए । सो कार्यक्रम प्रकाश नेपालीले संचालन गरेका हुन । 
 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech