राप्रपा नेपाल जिल्ला कार्य समिति र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालको घोषणा

शाख न्यूज    प्रकाशित: २०७८-१२-१५ गते   ६४६ पटक हेरिएको

नेपालगन्ज १५ चैत  सम्र्बद्धनबाद, शुसान र समृद्धि भन्ने मुल नारालाई आत्मसात गर्दै राप्रपा नेपालले मंगलबार महेन्द्र पुस्तकालयको सभाहल नेपालगन्जमा संयुक्त घोषणा सभा कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा राप्रपा नेपाल जिल्ला कार्य समिति र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालको घोषणाका साथै बिभिन्न पार्टि परित्याग गरि राप्रपा नेपालमा प्रबेश गरेका थिए । 

राप्रपा नेपाल बाँकेका जिल्ला अध्यक्ष दिपेन्द्र बहादुर सिंहको अध्यक्षतामा भएको सो घोषणा सभाको कार्यक्रमका प्रमुख अतिथि पार्टिमका केन्द्रिय उपाध्यक्ष राजेन्द्र विर राय रहेका थिए । त्यसै गरि बिशिष्ट अतिथि केन्द्रिय सहमहामन्त्री हिक्मत ढकाल , अतिथिमा केन्द्रिय सहायक मन्त्री खेमराज गौतम , मो. खालिद इकवाल इराकी , श्रिधर सुबेदि , टोपेन्द्र शाही , आशा धिमाल , लक्ष्मी कुमारी हमाल लगायतका पार्टिका केन्द्रिय सदस्यहरु लगायत राप्रपा नेपाल कोहलपुर नगरपालिका अध्यक्ष प्रमात कुमार श्रेष्ठ रहेका थिए । उक्त आयोजित सभामा बुद्धिजिवी , समाजसेवि , उद्योगि , ब्यापारि , राप्रपा नेपाल निकटका भातृ संगठनका नेताहरु लगायत युवाहरुको उपस्थिती रहेको थियो । 


राप्रपा नेपाल जिल्ला कार्य समिति बाँकेका अध्यक्ष दिपेन्द्र बहादुर सिंहको नेतृत्वमा उपाध्यक्ष यज्ञराज रेग्मी , महिला उपाध्यक्ष आशा बिष्ट , कोषध्यक्ष ओमकार शाही , सहसचिव प्रमोद भट्राई लगायत २१ जनाको कार्य समिति गठन एवंम बिस्तार भएको हो । त्यसैगरि राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालकी अध्यक्ष्य अनिता भण्डारीको नेतृत्वमा उपाध्यक्ष्य दिपिका सिंह , बरिष्ठ उपाध्यक्ष बिष्णु कुमारी हमाल , सचिव राजश्री शाही , सदस्य गिता रेग्मी लगायत २७ जना महिला सदस्यीय गठनका साथै बिस्तार गरिएको हो । 

बाँके २ (क) का प्रदेश सभा अध्यक्ष्य बृजेश बहादुर सिंहको नेतृत्वमा १५ जना र बाँके २ (ख) का प्रदेश सभा अध्यक्ष्य कृष्ण मल्लको नेतृत्वमा १५ जना सदस्यीय कार्यसमिति गठन गरिएको थियो । राप्रपा नेपाल नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष्य अभय कुमार बस्नेतको नेतृत्वमा २१ सदस्यीय नगर कार्यसमितिको गठन गरिएको हो । 


बिभिन्न पार्टि र पद परित्याग गरि कृष्ण मल्ल , बिक्रम राना , इन्द्रा बम शाही , शोभा शाही , तुलशा शाही लगायत ९१ जना महिला र पुरुषले राप्रपा नेपालमा प्रबेश गरेका हुन यसका साथै शिखर ईराकीको नेतृत्वमा नेपालगन्ज उपमहानगरपालिका वडा नं.३ बाट तिन दर्जन भन्दा बढि महिला लगायत पुरुषहरु राप्रपा नेपालमा प्रबेश गरेका थिए । सम्पूर्णलाई प्रमुख अतिथि केन्द्रिय उपाध्यक्ष्य राजेन्द्र विर राय , बिशिष्ट अतिथि केन्द्रिय सहमहामन्त्री हिक्मत ढकालले सम्मानका साथ राप्रपा नेपालमा स्वागत गर्नु भएको हो ।

 
सो आयोजित कार्यक्रमा बोल्दै हिक्मत ढकालले भन्नु भयो सबै एक हुन आवश्यक छ , त्यसैले आम स्थानियवासीहरुले सहि निर्णयलिएर राप्रपा नेपालमा होम्मिन आग्रह समेत गर्नुका साथै सबैलाई कार्यकालको सफलताको शुभकामना समेत ब्यक्त गरेका थिए ।
उक्त कार्यक्रमको संचालन राप्रपा नेपाल कोहलपुर नगरपालिकाका नगर अध्यक्ष्य प्रमात कुमार श्रेष्ठले गरेका थिए । प्रमुख अतिथि तथा पार्टिका केन्द्रिय उपाध्यक्ष्य राय, केन्द्रिय सहमहामन्त्री खेमराज गौतम लगायतका नेताहरुले मन्तब्यका साथै शुभकामना दिएका थिए भने आयोजित कार्यक्रमका अध्यक्ष्य दिपेन्द्र सिंहले शुभकामना दिँदै समापन गरेका हुन ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech