सोमबार नरैनापुरलाई साक्षर गाउँपालिका घोषणा

शाख न्यूज    प्रकाशित: २०७८-१२-१४ गते   ३६३ पटक हेरिएको

नरैनापुर १४ चैत - बाँकेका आठ वटा स्थानीय तहमध्ये पाँच वटा यसअघि साक्षर घोषणा भैसकेका छन् । कोहलपुर, खजुरा, जानकी, राप्तीसोनारी, बैजनाथ गाउँपालिका साक्षर घोषणा भैसकेका छन् । गाउँपालिकालाई साक्षर बनाउन लागि गाउँपालिकाले ६ वटै वडामा विशेष साक्षर कक्षा सञ्चालन गरेको थियो ।नरैनापुरमा ९ हजार ५१८ जना निरक्षरका लागि साक्षरता कक्षा सञ्चालन गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले जानकारी दिनुभयाे । साक्षर घोषणा गर्ने स्थानीय तहलाई सरकारले पुरस्कृतसमेत गर्दै आएको छ । साक्षर गाउँपालिका घोषणा गर्न १५ देखि ६० वर्ष उमेरका ९० प्रतिशत मानिस साक्षर हुनुपर्छ । सोमबार आयोजित कार्यक्रममा नरैनापुरलाई साक्षर गाउँपालिका घोषणा गरिएको गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिए ।कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाकेका संयोजक अजय श्रीवास्तवले नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहलाई साक्षर घोषणाको प्रमाणपत्र हस्तान्तरण गर्दै साक्षर भएको घोषणा गर्नुभएको हो । त्यसैगरी, अतिथीहरु शिक्षा बिकाश तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादव, वडा नम्बर १ का अध्यक्ष मोल्हे बेहना, २ का मसुद अहमद शाह, ३ का राजकुमार मौर्य, ४ का दिनेशप्रसाद शर्मा, ५ का कृष्णचन्द्र मौर्य ६ का बिरेन्द्र पाल सिंह, नेकपा एमालेका गाउपालिका अध्यक्ष सोहनलाल यादव लगायत रहनुभएको थियो । बाँकेमा स्थानीय तहहरुमा नरैनापुर साक्षर घोषणा गर्ने छैटौं स्थानीय तह हो । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech