अभिनेता पल शाह तनहुँ प्रहरी हिरासतमा

शाख न्यूज    प्रकाशित: २०७८-११-१५ गते   २६० पटक हेरिएको

काठमाडौँ — १७ वर्षीया किशोरीले म्युजिक भिडियो छायांकनका क्रममा आफूसँग नजिक जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले आइतबार नै सामाजिक सञ्जालमा आफू प्रहरी सामु उपस्थित हुने सार्वजनिक गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय, तनहुँका डीएसपी युवराज खड्काले शाह पक्राउ परेको पुष्टि गरेका छन् ।
१७ वर्षीया किशोरीले म्युजिक भिडियो छायांकनका क्रममा शाहले पटकपटक जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गराएकी थिईन।
शाहले लेखेका छन्‚ ‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु(२’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनी म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु ।’

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech