नेपालगन्ज ,०८ पुस - कोभिड -१९ बिरुद्व सामाजिक सहकार्य गरि सचेतना फैलाउन जिल्ला युवा संजाल बाँके र सामाजिक विकास मंचले बिहिवार आयोजना गरेको "युवा अभियान तथा प्रतिबद्वता कार्यक्रम" मा सहभागी सबै जनाले आफ्नो परिवार र समुदायमा कोभिड -१९ बिरुद्वको खोप लगाउनका लागि प्रोत्साहित तथा अभिप्रेरित गर्ने भनि प्रतिबद्वतामा सहि गरेका छन्। जिल्ला युवा संजालको आयोजनमा सम्पन्न भएको उक्त कार्यक्रममा वडाका प्रतिनिधिहरु, जिल्ला युवा तथा बाल संजाल, किशोरी संजाल, नगर संसद लगायत स्थानिय युवाहरुको समेत सभागिता थियो ।
महेन्द्र पुस्तकालय वडा नम्बर ८ मा सम्पन्न भएको सो कार्यक्रममा जोखिम संचार र समुदाय सहभागिता बाट समाजमा कोभिड- १९ बारे फैलिरहेको भ्रम तथा गलत सुचनाहरुलाई न्युनिकरण गर्नुपर्ने र साथै खोप लगाए पनि सुरक्षाका मापदण्डहरु निरन्तर अपनाईरहनु पर्ने बिषयमा छलफल भएको कार्यक्रम संयोजक शिवानी भट्टराईले जानकारी दिईन् । त्यसका साथै, संचार माध्यमलाई प्रवर्दन गर्दै राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा संचार केन्द्र र सेव द चिल्ड्रेनले विकास गरेको सूचना सामग्री, "सन्चै हो" नामक वेब सिरिज पनि प्रदर्शन गरिएको थियो।

कार्यक्रम ले बिशेष गरि समाजमा युवा को भूमिकालाइ मुख्य केन्द्रमा राखी उनीहरुको अगुवाइमा समाजमा कोभिड -१९ बिषयमा जनचेतना फैलाउने अवाधारणा पेश गरिएको हो । समाजमा फैलिरहेका भ्रामक सूचनाहरुलाई सहि माध्यम र सूचना मार्फत खोपमा पहुँच तथा ज्ञान नभएका ब्यक्तिहरुलाई पहिचान र परामर्श गर्नु पर्छ , सबै जना खोप लगाए भने मात्र हाम्रो समाज सुरक्षित हुनेछ र सबैको जीवन सामान्य रुपमा फर्किने छ भन्ने कार्यक्रमको मुख्य संदेश रहेको कार्यक्रम संयोजक भट्टराईले बताइन् ।