युवा क्लब तथा स्वस्थ्यकर्मी लगायत को अग्रसरताले मानिसहरुमा कोभिड-१९ खोप सम्बन्धि जनचेतना

शाख न्यूज    प्रकाशित: २०७८-९-३ गते   ४५२ पटक हेरिएको

नेपालगन्ज / कोभिड-१९ सम्बन्धि जनचेतना फैलाउन नेपालगंज उपमहानगरपालिका स्तरका सामुदायिक बिद्यालयहरुका चाइल्ड क्लब मार्फत विभिन्न क्रियाकलाप गराएर जनचेतनामूलक संदेश प्रवाह गरिएको छ ।  सामाजिक विकास मंचले सेभ द चिल्ड्रेनको साझेदारीमा संचालन गरिरहेको जोखिम संचार तथा समुदाय सहभागिता परियोजना अन्तर्गत हाल ५ वटा बिद्यालयहरुमा साप सिडी खेल लगायत बक्त्तृत्वकला मार्फत बिद्यार्थी , शिक्षक र अभिभावकलाई कोभिड- १९ खोप सम्बन्धि संवेदनसिल बनाउन सो क्रियाकलापहरु बिगत डेढ महिना देखि संचालन गरिएको छ । बिगत मा खोप को पूर्ति माग अनुसार नभएको साथै खोप अभाव ले गर्दा धेरै कोभिड- १९ को जोखिममै हुने गर्थे तर अहिले परियोजना संचालित क्षेत्रहरुमा खोप लगाउने संख्या बढेको देखिन्छ।  समुदाय स्तर मा खोप को बारेमा जानकारी नभएको, नागरिकता नभएको र खोप क्षेत्रहरु टाढा भएकाले धेरै खोप बाट बन्चित हुन पर्थ्यो।  समुदाय स्तरमा घुम्ती रिक्सा, समुदाय स्तरका अभिमुखीकरण र घर दैलो अभियानले अहिले परियोजना ले संचालन गरेको क्षेत्र हरुमा मानिसहरुमा खोप प्रति को चासो बढेको देखिन्छ।  समुदाय स्तरका क्रियाकलापहरुमा बिशेष गरि युवा क्लब तथा स्वस्थ कर्मी लगायत स्वयंसेविकाको अग्रसरताले मानिसहरुमा कोभिड-१९ खोप प्रति जनचेतना बढेको अवलोकन गर्न सकिने परियोजना संयोजक शिवानी भट्टराईले बताइन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech