नेपालगन्जमा कोभिडविरुद्ध सडक नाटक प्रदर्शन

शाख न्यूज    प्रकाशित: २०७८-८-२८ गते   ६०० पटक हेरिएको

नेपालगन्ज २७ मंसिर- विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ विरुद्धको खोपबारे जनचेतनामूलक सडक नाटक नेपालगन्जमा सम्पन्न भएको छ । नेपालगन्ज उप–महानगरपालिका–१, धम्बोझीमा खोप लगाउनु पर्छ भन्ने सन्देशमूलक नाटक प्रदर्शन गरिएको हो ।
जिल्ला युवा क्लब सञ्जाल बाँकेको आयोजनामा कार्यक्रम सम्पन्न भएको सञ्जालका सचिव राजन वर्माले बताए । वर्माका अनुसार नाटक प्रदशनमा सञ्जालका ७ जनामा कलाकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम सामाजिक विकास मञ्च र सेफ द चिल्ड्रेनको सहयोगमा सम्पन्न भएको परियोजनाका संयोजक शिवानी भट्टराईले बताइन् । भट्टराईका अनुसार जोखिम संचार तथा समुदायिक सहभागिता कार्यक्रमअन्तर्गत सडक नाटक संचालन गरिएको हो । कार्यक्रमको समन्वय नेपालगन्ज उप–महानगरपालिकाले गरेको उनले बताइन् ।


उक्त परियोजनाअन्तर्गत यो पहिलोपटक नेपालगन्जमा नाटक प्रदर्शन गरिएको हो । कोरोनाको जोखिम काएमै भएकाले नेपालगन्ज उप–महानगरपालिकाका अन्य वडामा पनि सडक नाटक प्रदर्शन गरिने सिनियर फिल्ड अफिसर सहजराम यादवले जानकारी दिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech