कोभिड - १९ बिरुद्धको खोप लगाउन प्रेरित गर्न बिद्यालयहरुमा “साप सिडी“ खेल संचालन

शाख न्यूज    प्रकाशित: २०७८-८-२१ गते   ४१० पटक हेरिएको

नेपालगन्ज - जोखिम संचार तथा समुदाय संलग्न परियोजना अन्तर्गत कोभिड -१९ को जोखिम न्यूनीकरण तथा जानकारीमुलक संदेश समुदाय स्तरमा प्रवाह गर्न नेपालगंज उपमहानगर पालिका स्तरका बिद्यालयहरुमा सिर्जनात्मक तरिकाले जनचेतनामुलक कार्यक्रमहरु सुरु गर्न लागिएको छ । यस परियोजना ले घर दैलो अभियान तथा समुदाय स्तरमाअभुमिखिकरण कार्यक्रम हरु गर्दै आएको छ । त्यसै गरि धेरै जना मानिसहरुलाई बालबालिका मार्फत पनि कोभिड - १९ बिरुद्धको खोप लगाउन प्रेरित गर्न समुदायका बिद्यालयहरुमा “साप सिडी“ खेल मार्फत पनि जानकारी गराउन सहजता प्रदान हुने परियोजना संयोजक शिवानी भट्टराईले बताइन् । बिद्यालय जाने बालबालिका लाइ सरल , स्पष्ट र रोचक माध्यम बाट सो साप सिडी खेल मार्फत, मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, साबुन पानि ले नियमित हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, खोप लगाउने र भ्रामक संदेशहरुलाइ बहिस्कार गर्ने समेत साप सिडी खेलमा उल्लेखित छ। यस खेल लाइ बिद्यार्थी बालबालिका ले निकै मन पराएका छन । परियोजना सुरु भए देखि सामान्यतया सधै शुक्रबार, यो खेल लाई  अतिरिकत क्रियाकलाप भनि खेलिदै आएको छ। यसै गरि, बिद्यालयहरुमा कोभिड - १९ सम्बन्धि जनचेतनाका लागि बक्तृत्वकला तथा निबन्ध लेखन प्रतियोगिता समेत हुदै आएको छ । खेलका माध्यम बाट बालबालिका र शिक्षक मार्फत जनचेतनामुलक गतिविधिहरु यस परियोजनाले आगामी समयमा पनि गर्दै आउने परियोजनाको प्रतिबद्वता रहेको संयोजक भट्टराईले जानकारी दिएकी छिन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech