नेपालगन्ज ०६ मंसिर - सामाजिक बिकास मंच र सेभ द चिल्ड्रेन को साझेदारी मा “जोखिम संचार तथा सामुदायिक संलग्नता“ परियोजना नेपालगंज उपमहानगर मा संचालन भैरहेको छ । कोभिड १९ को भ्याक्सिन लगाउन समुदाय स्तरमा रहेका सबैजनालाई जागरुक र जानकार बनाउन सो परियोजनाले जिल्ला युवा क्लब संजाल संग समन्वय गरेको छ। उक्त परियोजना मार्फत कोभिड–१९ को जोखिम मा रहेका तथा भ्याक्सिन नलगाएका ब्यक्ति तथा समुदायलाई लक्षित गरि समुदायमा भ्याक्सिनको प्रयोग र बिस्तार गरि संक्रमणको क्रम रोक्न र महामारीको प्रभावलाई न्यूनीकरण गर्नका लागि सोमबार सामाजिक विकास मंच र जिल्ला युवा क्लब संजाल बीच दुइ पक्षीय सम्झौता भएको जानकारी परियोजना संयोजक शिवानी भट्टराईले जानकारी दिईन ।संयोजित जोखिम सञ्चार तथा सामुदायिक सहभागिता सम्बन्धि परियोजना गत अक्टोबर २०२१ को महिना देखि सामाजीक विकास मंचले सेभ द चिल्ड्रेन संग को साझेदारी मा नेपालगंज उपमहानगरस्तरका बाल क्लब, युवा क्लब, धर्म गुरु, स्वास्थ्यकर्मी र नगर स्तरका अन्य सरोकारवालाहरु संग गरेको कार्यशालाका सिखाई तथा क्रियाकलापलाई समुदायस्तरमा कार्यान्वयन गर्नका निम्ति अहिले सामाजिक विकास मंच ले जिल्ला युवा क्लब संजाल संग समन्वयन गरि क्रियाकलाप संचालन गर्न “सीड मनी“ दिने भएको छ।
करिब १ लाख बराबर को यो सिड मनीले समुदाय स्तर तथा बस्ति स्तरका, भ्याक्सिन कम लागेका र लगाउन जानकारी नपुगेका बस्तीका मानिसहरुलाई लक्षित गरि अभिनव तरिकाले घर दैलो, अभिमुखीकरण, सडक नाटक जस्ता क्रियाकलाप मार्फत समाजलाई सुसूचित गराउने र स्थानीयबासिहरुमा जनचेतना फैलाउनुका साथै सतर्क हुन र सचेत गराउने लक्ष्य लिएको संयोजक शिवानी भट्टराईले बताइन् । यस्ता नबिन क्रियाकलापलाई युवा तथा बाल क्लब ले प्रोत्साहन गर्न पर्छ भन्ने परियोजनाको विचारधारा भएकाले नगर स्तरका युवा तथा बाल क्लब र विभिन्न संजाल मार्फत अहिले समाज मा फैलिरहेको कोभिड १९ भ्याक्सिन बिरुद्वको भ्रम, मिथ्या र अफ्वाहलाई हटाइ मानिसहरुलाई भ्याक्सिन लगाउन यो क्रियाकलापले महत्त्वपूर्ण सहयोग गर्ने छ । कोभिड - १९ तथा कोरोना भाइरस सम्बन्धि फैलिरहेको भ्रम र मिथ्याहरुलाई पहिचान गरि भ्रमहरुलाई रोक्न समुदायलाई विभिन्न माध्यम बाट जानकारी गराई सचेत बनाउन यो परियोजना संचालन गरिएको थियोे ।