नेपालगन्ज २५ कार्तिक - सामाजिक बिकास मंच र सेभ द चिल्ड्रेन को साझेदारी मा नेपालगन्ज किशोरी संजालको अगुवाईमा घरदैलो कार्यक्रम परियोजना नेपालगंज उप महानगरपालिका वडा नं. १५ जमुनाहमा बिहिवार सम्पन्न भएको छ । उक्त घरदैलो कार्यक्रम मार्फत कोभिड–१९ को जोखिम मा रहेका तथा भ्याक्सिन नलगाएका ब्यक्ति तथा समुदायलाई लक्षित गरि समुदायमा भ्याक्सिनको प्रयोग र बिस्तार गरि संक्रमणको क्रम रोक्न र महामारीको प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको जानकारी परियोजना संयोजक शिवानी भट्टराईले बताईन ।
घरदैलो कार्यक्रम र स्टिकर टाँस्नुको मुख्य उद्देश्य कोभिड - १९ विरुद्धमा सरकार द्वारा ल्याइएका खोप हरु लगाएका र नलगाएको पहिचान गरि उनिहरुलाइ खोप लगाउन अभिप्रेरित गर्नु हो । साथै खोप लगाएका हरुको घरमा हरियो , नलाएकाहरुको घरहरुमा रातो र घरका केहीले लगाएका घरको ढोकामा पहेंलो स्टिकर टाँसेर पहिचान गर्न सहज हुने भएकाले यो कार्यक्रम गरिएको जानकारी भट्टराईले दिईन । साथै यस्तो किसिमको कार्यक्रमले वडावासिहरु खुशी हुनुका साथै खोप लगाउनुपर्छ भन्ने धारणा ब्यक्त गरेका छन । कोरोना संक्रमणबाट बच्न हामी पहिले नै लगाउने थियौ तर हामी कहाँ त्यस्तो किसिम को कुनै सन्देश नपुगेको गुनासो स्थानिय वासिहरुको रहेको परियोजना संयोजक शिवानी भट्टराईले जानकारी दिईन ।
कोभिड - १९ तथा कोरोना भाइरस सम्बन्धि फैलिरहेको भ्रम र मिथ्याहरुलाई पहिचान गरि भ्रमहरुलाई रोक्न समुदायलाई विभिन्न माध्यम बाट जानकारी गराई सचेत बनाउन यो परियोजना संचालन गरिएको हो । सो घरदैलो कार्यक्रममा अनमी ,स्वयंसेबिकाहरुको समेत संलग्नतामा ९४ घरधुरिमा पुगेको बताइन् ।