वडाद्वारा १४ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल बितरण

शाख न्यूज    प्रकाशित: २०७८-७-२५ गते   ७०९ पटक हेरिएको

बाँके २५ कार्तिक - लुम्बिनी प्रदेशको बाँके स्थित खजुरा गाउँपालिका वडा नम्बर २ मा  एक कार्यक्रमको बिचमा वडाको बजेट बाट बिहीबार साइकल बितरण गरिएको हो ।महिला स्वास्थ्य स्वयंसेविकाहरुलाइ प्रोत्साहन स्वरुप साइकल बितरण गरीएकोे छ । खजुरा गाउँपालिका वडा नम्बर २को आयोजनामा  स्वयमसेबिकाहरुलाइ साइकल बितरण गरीएकोे वडा सचिब तारा प्रशाद अधिकारिले बताए ।
खजुरा गाउँपालिका  वडा नं. २ सितापुरमा १४ जना महिला स्वयं सेविका कार्यरत रहेको छन । महिलाहरुको मनोवल उच्च बनाउने उद्देश्यले तथा काम गर्न सजिलो बनाउनको लागी वडाले साइकल बितरण गरेको अधिकारीले जानकारी दिए । १ लाख ४० हजार बराबरको बजेटबाट खजुरा गाउँपालिका वडा नम्बर २ भित्रका १४ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल बितरण गरेको छ । स्वयंसेविकाहरुलाई आउजाउ गर्न सहजताका साथै सेवा प्रदान गर्न सजिलो होस भन्ने उद्देश्यले साईकल वितरण गरिएको सितापुर स्वास्थ्य चौको का इन्चार्ज प्रेम चन्दले भने ।
 वडाद्धारा साईकल वितरणको कार्य उदाहरणिय रहेको भन्दै महिला स्वास्थ्य स्वयंसेबिकाहरुले प्रसंशा समेत  गरेका छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech