नेपालगन्ज २३ कार्तिक - सामाजिक बिकास मंच र सेभ द चिल्ड्रेन को साझेदारी मा “जोखिम संचार तथा सामुदायिक संलग्नता“ परियोजना नेपालगंज उप महानगर मा संचालन भैरहेको छ ।
उक्त परियोजना मार्फत कोभिड–१९ को जोखिम मा रहेका तथा भ्याक्सिन नलगाएका ब्यक्ति तथा समुदायलाई लक्षित गरि समुदायमा भ्याक्सिनको प्रयोग र बिस्तार गरि संक्रमणको क्रम रोक्न र महामारीको प्रभावलाई न्यूनीकरण गर्न संयोजित जोखिम सञ्चार तथा सामुदायिक सहभागिताको महत्त्वपूर्ण भुमिका हुने परियोजना संयोजक शिवानी भट्टराईले जानकारी दिईन ।
कोभिड - १९ तथा कोरोना भाइरस सम्बन्धि फैलिरहेको भ्रम र मिथ्याहरुलाई पहिचान गरि भ्रमहरुलाई रोक्न समुदायलाई विभिन्न माध्यम बाट जानकारी गराई सचेत बनाउन यो परियोजना संचालन गरिएको हो । सञ्चार माध्यमहरू अनलाइन मिडिया, पत्रपत्रिका, रेडियो, माइकिङ्ग र सामुदायिक स्वास्थ्यकर्मी मार्फत समाजलाई सुसूचित गराउने र स्थानीयबासिहरुमा जनचेतना फैलाउनुका साथै सतर्कता अपनाउन अपिल समेत गरिएको छ ।
यसमा युवाहरुको भूमिका पनि भएकोले युवा निर्मित समुदाय संलग्नता कार्यक्रमहरु गर्नुका साथै तिहार तथा छठ लाइ लक्षित गर्दै घुम्ती रिक्सा मार्फत विभिन्न भ्याक्सिन र मास्क लगाउने र भिडभाड नगर्ने भनि जनचेतनामुलक संदेश फैलाउन लागिएको फिल्ड अफिसर सहजराम यादवले बताए । जसले गर्दा घुम्ती रिक्सा को मुख्य लक्ष्य भनेको, पढ्न, सुन्न ,र हेर्न पनि सकिने , साक्षर नभएका अथवा आनसिक अपांगता भएका ब्यक्ति ले पनि सूचना तथा जानकारी पाउन सजिलो भएकाले नेपालगंज उपमहानगरपालिका अन्तर्गतका सबै वडाहरुमा घुमाउने जानकारी परियोजना संयोजक शिवानी भट्टराईले बताइन् ।