आर्थिक विकास र समृद्धिका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने : अधिकृत सुवेदी

शाख न्यूज    प्रकाशित: २०७८-७-९ गते   ३८१ पटक हेरिएको

नेपालगन्ज ०९ कार्तिक - नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीलाई कार्यालयमा स्वागत गरिएको छ । मंगलबार आयोजित कार्यपालिका बैठकमा नगर प्रमुख डा. धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत सुवेदीको स्वागत गर्नुभयो ।

भूमी व्यवस्था विभागबाट सुवेदीको नेपालगञ्ज उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएको हो । सुवेदीले यसअघि पनि स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी वहन गरिसकेका छन । उनले प्रमुख प्रशासकीय अधिकृतको रुपमा नेपालगञ्जको आर्थिक विकास र समृद्धिका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका छन ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech